Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

करोडौं ठगी गर्ने शाहविरुद्ध कानुनी कार्वाहीमा उत्रिए सिआईबी

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 1, 2023
करोडौं ठगी गर्ने शाहविरुद्ध कानुनी कार्वाहीमा उत्रिए सिआईबी
10
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ ।

ब्यूरोले आज यहाँ पत्रकार सम्मेलन गरी आरोपित शाह र उनका सहयोगीहरुमाथिको अनुसन्धान सकिएको जानकारी दियो ।

शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनीको स्थापना गरी विदेशी नागरिकहरुलाई एन्टी भाइरस अपडेट, अमाजोनको बिल भुक्तानी जस्ता निहूँमा इमेलमार्फत सम्पर्क स्थापित गरी ठगी गर्ने गरेको अनुसन्धानबाट भेटिएका थियो ।

पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार त्यस समूहले पीडितलाई फोन सम्पर्क गरी नियमित गतिविधिको निगरानी गर्ने र अन्तर्राष्ट्रिय पद्धति भएकाले ‘रिमोट एक्सेस’ दिनुपर्छ भनी पीडितलाई विश्वासमा पारेर डिभाइसमा नक्कली बैंक स्टेटमेन्ट पठाई रकम जम्मा भएको देखाउने र उक्त रकम फिर्ता गर्न लगाई ठगी गर्ने गरेको थियो ।

त्यस समूहले विशेष गरी क्यान्सर पीडित तथा जेष्ठ नागरिकहरुलाई लक्ष्य बनाएको थियो । पृथ्वी बहादुर शाह सम्बद्ध रहेको कम्पनी तथा व्यक्तिहरुको बैंक खाताहरुमा विदेशी नागरिकहरुलाई ठगी गरी ‘स्वीफ्ट’ मार्फत जम्मा गर्न लगाएको विदेशी मुद्राको रुपान्तरित नेपाली रुपैयाँ ३८ करोड ८६ लाख ६२ हजार मध्येबाट निज पृथ्वी बहादुर शाहले जग्गा खरिद, घर निर्माण, शेयर तथा सुन खरिद गर्नाका साथै कम्पनी दर्ता तथा बीमा लगायतका क्षेत्रहरुमा लगानी गर्ने गरेको प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिनुभयो ।

ठगी र संगठित अपराधका आरोपित पृथ्वी बहादुर शाह र विजय विक्रम शाहसमेत ७ जनालाई पक्राउ गरिसकिएको छ । अन्य १३ जना भने फरार छन् ।

अनुसन्धानका क्रममा उनीहरुबाट पीडित भएकाहरुको सङ्ख्या ५६ जना रहेको भेटिएको थियो भने उनीहरुविरुद्ध २४ बटा जाहेरी वा सूचना प्राप्त भएको थियो ।

पछिलो समाचार

जिप्रका मोरङद्वारा विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी

अघिल्लो समाचार

पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ : प्रधानमन्त्री

तपाईको प्रतिक्रिया !

ताजा समाचार

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

19 hours ago
सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

3 days ago
विश्व वातावरण दिवसमा वक्तित्वकला र चित्रकला प्रतियोगिता

विश्व वातावरण दिवसमा वक्तित्वकला र चित्रकला प्रतियोगिता

5 days ago
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍याे

प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍याे

6 days ago
धनुषाबाट ३३ जना हज यात्री हजको लागि काठमाण्डौ प्रस्थान

धनुषाबाट ३३ जना हज यात्री हजको लागि काठमाण्डौ प्रस्थान

7 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits