जनकपुरधाम । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले परम्परागत तरिकाले कृषि क्षेत्रको विकास सम्भव नरहेको बताएका छन् ।
रष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ, धनुषामा भएकोधानमा आधारित खेती प्रणालीमा रोजगार वृद्धि, खाद्य सुरक्षा र जीविकोपार्जन सुधारका लागि महिला तथा युवाको सीपमूलक तालिमको समापन गर्र्दै मन्त्री साहले कृषिमा यान्त्रिकरणको आवश्यकत्तामा जोड दिए । जनशक्ति अभावका कारण खेतीमा समस्या भइरहेकोले यान्त्रिकरणलाई प्राथमितामा राखेर कृषि क्षेत्रको विकास गर्नुपर्ने धारणा उनको थियो । पाँच दिने फिल्ड स्तरीय तालिमको समापन गर्दै मन्त्री साहले कृषि क्षेत्रको विकास नभएसम्म प्रदेशको विकास सम्भव नरहेको स्पष्ट पारे ।रष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम, हर्दिनाथका धान संयोजक भानुभक्त पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेसभा सदस्य रामअशिष यादवले कृषि क्षेत्रको विकास गरेर प्रदेशलाई समृद्ध बनाउनपुर्नेमा जोड दिए । समृद्ध प्रदेशको आधार कृषि क्षेत्रबाट तयार हुन्छ, उनले भने–‘यसको लागि सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ ।’तालिमको सिकाईलाई व्यवहारमा ल्याएर कृषि क्षेत्रको विकासमा सहयोग गर्नुपर्ने धारणा उनको थियो ।
अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ)को सहयोगमा अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान(आइआरआरआई) ले आयोजना गरेको तालिम कृषि यन्त्र तथा मेसिनको संचालन, मर्मत सम्भार र रखरखाव गर्ने सीप,धानको ब्याडलाई व्यवसायीकरण गर्न धान रोप्ने मेसिन, प्लाष्टिक गुमोज बनाउने र म्याट नर्सरी उत्पादन गर्ने सीप र पाँच दिने कृषिजन्य उद्यमशिलता विकास एवम् व्वस्थापन गर्ने उद्येश्यले संचालन गरिएको थियो । कोरोना महामारीको बढ्दो संक्रमणको मध्यनजर गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार समाजिक दूरी कायम गरेर तालिम संचालन गरिएको आइआरआरआईका प्रमुख डा. कृष्णदेव जोशीले बताए । यस्तो संकटको घडीमा पनि स्वास्थ्य सुरक्षा अपनाएर तालिम संचालनमा सहयोग गरेका सबैमा उनले धन्यवाद ज्ञापन समेत गरे । सो अवसरमा राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम, हर्दिनाथका वैज्ञानिकहरु, टेष्टिङ सेन्टरका रामनाथ झा लगायतको उपस्थिति रहेको थियो । तालिममा धनुषा र सप्तरीका २५ जना किसानहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !