गौर,१२ रौतहट । रौतहटको गौर नगरपालिकामा खोज, उद्धार तथा प्राथमिक उपचार सम्बन्धि तालिम सुरु भएको छ । वडा नंं. ५ स्थित रेडक्रसको सभाहलमा इशनाथ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई विपद व्यवस्थापन गर्न तालिम दिन लागिएको हो । युनिसेफको आर्थिक सहयोग, लाइफ नेपालको आयोजना तथा इशनाथ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रौतहट शाखोको समन्वयमा सुरु गरिएको तालिममा बाढी बाट के कसरी जोगिन्छ भन्ने विषयमा तालिम सुरु गरिएको आयोजक संस्थाले जनाएको छ ।
रौतहट बाढि प्रभावित जिल्ला भएकोले बाढिको जोखिममा परेको व्यक्तिहरुलाई कसरी खोजि कार्य गर्ने, उद्धार गर्ने र प्राथमिक उपचार गरी मानिसहरुको ज्यान जोगाउने विषयमा बुधवार देखि सुरु गरिएको तालिम शनिवार समापन गरिने लाइफ नेपालका रौतहट संयोजक संजिप महतोले जानकारी दिनुभयो । यसअघि पनि रौतहटको राजपुर नगरपालिकामा, धनुषाको जनक नंनदनी गाउँपालिका र शहिदनगर नगरपालिकामा तालिम समापन गरिसकेको रौतहट संयोजक महतोले बताउनुभयो।
तपाईको प्रतिक्रिया !