धनुषा जिल्लाको सबैला नगरपालिकामा नेकपाका कार्यकर्ताहरु पार्टी परित्याग गरेर जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सबैला बजारमा शुक्रबार आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय नेताहरुले नवप्रवेशीलाई स्वागत गरेका थिए ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, मुख्यमन्त्री लालबाबु राउत, अनिल झा लगायत प्रदेश सरकारका मन्त्री, सांसदहरुले नेकपा परित्याग गरेका कार्यकर्तालाई पुष्पमाला र अबिर लगाएर स्वागत गरेका छन् ।
पूर्वमन्त्री मातृका प्रसाद यादवको पैतृक गाउँ सबैलाका सयौ कार्यकर्ता नेकपा परित्याग गरेर जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
तपाईको प्रतिक्रिया !