Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मानव सेवा केन्द्रद्वारा शुभकामना अदान प्रदान कार्यक्रम

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
October 17, 2020
मानव सेवा केन्द्रद्वारा शुभकामना अदान प्रदान कार्यक्रम
78
SHARES
196
VIEWS
Share on FacebookShare on Twitter

गौर । मानव सेवा केन्द्र गौरले बडा दशै, दिपावली र छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ ।
मानव सेवा केन्द्र गौर नपा २ महादेवपटीस्थित कार्यालयमा आयोजित उक्त शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल राय यादवले मानव कल्याण हेतु स्थापना गरिएको मानव सेवा केन्द्रद्धारा यहाँका वृद्धवृद्धा र बालबालिकाहरुलाई मानविय कार्यमा अघि बढ्ने अभिप्रायका साथ लागेका सम्पूर्ण सदस्यहरु प्रति आभार प्रकट गरे ।
मनुष्य जन्म लिने वित्तिकै बाल्यकाल अवस्था पार गर्दै अन्तमा शरिर पनि थकित बन्दै जाँदा छोराछोरीको माया प्रेममा बाच्नुपर्ने अवस्थामा उनीहरुले आ आफना आमाबुवा प्रति दिनुपर्ने माया नदिई आफैमा सिमित हुँदा असहाय भएका आमाबुवालाई केन्द्रमा पूर्ण पारिवारिक वातावरणमा आश्रय दिइने समेत स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विशुद्ध परोपकारी ढंगबाट वृद्धवृद्धाहरुलाई जीवनको अन्तिम चरणमा सेवा गरेर मानविय धर्म कमाउने उद्देश्यबाट संचालित मानव सेवा केन्द्र गौरका अध्यक्षलाई धन्यवाद ज्ञापन गर्दै आउँदो समयमा कोहीपनि वृद्धवृद्धाहरु घर बाहिर जान नपरुन यदी जानुपर्ने बाध्यात्मक अवस्था आयो भने यस मानव सेवा केन्द्रमा राखेर जीवनको उत्तराद्धमा सेवा सत्कार दिई उहाँहरुको मनोवललाई उच्च बनाउनुपर्नेमा जोड दिए ।
कोभिडको विचमा आउन लागेको चाडपर्व अलि पृथक होला तर हरेक नागरिकले आ आफना आमावुवा संगै बसेर पर्व मनाउन आग्रह गर्दै उनले कुनैपनि आमा बुवालाई असहाय महसुस नहुन भने दशै, दिपावली र छठ पर्वको शुभकामना दिए ।
गौर नगरपालिकाका मेयर अजयकुमार गुप्ताले मानव सेवा केन्द्र बनाउनका निमित्त आफूले पटक पटक व्यक्तिगत रुपमा सहयोग गरेको र भविष्यमा पनि सहयोग गर्ने आश्वासन दिए । विकास निर्माणको क्रममा धेरै व्यस्ता भएपनि मानव कल्याणमा समयको साथ नगरपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मानव सेवा केन्द्रका सल्लाहकार भगवान ठाकुरले विभिन्न चरणमा एवं विभिन्न दाताहरुको सहयोगमा यस केन्द्रलाई यहाँ सम्म ल्याइएको चर्चा गर्दै स्थानीय तहका सरकारहरुको सहयोग यथावतै भएमा बृद्धवृद्धाहरुलाई यहाँ राखेर उहाँहरुको कष्टमय जिवनलाई सुखमय बनाउने बताए । गौरमा चिल्ड्रेन पार्क, युवाहरुको लागि व्यायमशाला लगायतका विभिन्न कार्यक्रमहरु ल्याउनमा सवैको सहयोग एवं सहकार्यको आवश्यक्ता रहेको महसुस गरे ।


मानवसेवा केन्द्रका अध्यक्ष तथा गौर नपाको उपमेयर किरण ठाकुरको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा गढीमाई नपाको मेयर श्यामप्रसाद यादव, उपमेयर शुभद्रा गुप्ता, फतुवा विजयपुर नपाको उपमेयर कान्ति देवी महतो, सशस्त्र प्रहरीका एसपी सुर्यबहादुर सेन ओली, गौर नपा २ का वडाध्यक्ष राकेश झा, जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा, नागरिक समाजका अध्यक्ष लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

जसपाको बैठक कात्तिक पहिलो सातामा : पार्टी एकता र कार्यविभाजनका विषय टुंग्याउने

अघिल्लो समाचार

महोत्तरीः कपास बनाउने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

17 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits